काठमाडौं, १७ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपेमी किसान नेता एवं महान सहिद भीमदत्त पन्तको सालिकमा माल्यार्पण गरेका छन् । अध्यक्ष प्रचण्डले कञ्चनपुरको बेलौरी बजारस्थित सहिद पन्तको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
सालिकमा माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले भीमदत्त पन्तको ऐतिहासिक नारा ‘कि जोत हलो, कि छोड थलो, यदि होइन भने छैन भलो’ लाई स्मरण गरे ।





प्रतिक्रिया