बास्कोटाको टिप्पणीः मित्रता तोडे दुर्वासा भन्लान्, कायम राखे चियामा पनि विष जाँच्न पर्ने


काठमाडौं, १७ वैशाख । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टीभित्र व्यापक अन्तरविरोधको संकेत गरेका छन् । नेता बास्कोटाले केही साथीहरुले आफूबाट असम्भव अपेक्षा गरेको पनि उल्लेख गरेका छन् । यस्तो अवस्थामा मित्रता तोड्दा दुर्वासाको आरोप लाग्न सक्ने र मित्रता नतोड्दा चियामा पनि विष जाँचेर खानुपर्ने अवस्था आइपरेको नेता बास्कोटाले बताएका छन् ।

‘केही मित्रहरु कस्तो परिणामको अपेक्षा गर्छन के ? मेरा लागि पाईताला र हत्केला भरि तेल घसेर थुम्बो नढाली केरा र गोही नै गोही भएको नदिमै पसेर एक फुर्ल्लुङ माछा ल्याईदे भन्छन्। तिनलाई मह कि कालाकुट विष मित्र भन्नु ? मित्रता तोडे दुर्वासा भन्लान्, कायम राखे चियामा पनि विष जाँच्न पर्ने,’– उनले भनेका छन् ।