प्रधानमन्त्रीको सरकारी निवासमा सत्तारुढ दलको बैठक जारी


काठमाडौं, १७ वैशाख । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ राजनीतिक दलको बैठक जारी रहेको छ । आजको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगातका दलका नेताहरु सहभागी छन् । बैठकमा सत्तारुढ दलमा देखिएको अविश्वास र असमझदारीबारे छलफल हुने बताइएको छ ।

त्यस्तै, शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी पीडितहरुको आन्दोलन र कर्मचारी आन्दोलनलगायतका विषयमा छलफल गरिन समाधान खोजिने बताइएको छ । बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट भने नेताहरु उपस्थित भएका छैनन् ।