रञ्जिताले भनिन्ः रेशमजी छुट्दै छुट्नुहुन्छ


काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी छिट्टै छुट्ने बताएकी छन् । नाउपाका संरक्षक चौधरी आज (बुधबार) नउपा र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रमस्थलबाटै पक्राउ परेका थिए ।

काठमाडौं प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीका अनुसार चौधरीलाई टीकापुर घटनाको सन्दर्भमा सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो । अहिले उनलाई डिल्लीबजार कारागार पठाइएको छ ।

नाउपा अध्यक्ष रञ्जिताले भने रेशम छिट्टै छुट्ने दाबी गरेकी छिन् । ‘रेशमजी छुट्दै .छुट्नुहुन्छ सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु,’– रञ्जिताले भनेकी छन् ।