रेशम चौधरीलाई थुनामा पठाउन लेखिएको पत्र कानुनसम्मत देखिएन, रिहा गर्ने तयारी


काठमाडौं, १७ वैशाख । रेशम चौधरीलाई थुनामा पठाउने पत्र कानुनसम्मत नदेखिएको भन्दै सर्वोच्च अदालतले उनलाई थुनामुत्त गर्न अर्को पत्र पठाउने तयारी थालेको छ । कैलालीको टीकापुरमा २०७२ सालमा भएको हिंसात्मक घटनामा तीनै तहको अदालतले रेशमलाई दोषी ठहर गरेको थियो । तर, गत २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रेशमले राष्ट्रपतिबाट आममाफी पाएर थुनामुक्त भएका थिए ।

टिकापुर घटनामा मारिएका एक प्रहरी निरीक्षककी श्रीमती शारदा कडायतले रेशमलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिईन् । उक्त रिट हाल विचाराधीन अवस्थामा छ । टिकापुर घटनामा मारिएका एक प्रहरी निरीक्षककी श्रीमती शारदा कडायतले रेशमलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिईन् । उक्त रिट हाल विचाराधीन अवस्थामा छ ।