नाउपाका संरक्षक रेशम चौधरी रिहा


काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतको मुद्दा तथा रिट शाखामा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्टको हस्ताक्षरमा बाहिरिएको पत्रको आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरी कारागार कार्यालय डिल्लीबजार पठाएको थियो ।

रेशमलाई पक्राउ गरी थुनामा पठाउन जारी भएका पत्र आधिकारिक रहेको सर्वोच्चले जनाएको छ । सर्वोच्चले रेशम पक्राउ परेको भए तत्काल रिहा गरिदिनु भनी लेखेको पत्रका आधारमा उनलाई डिल्लीबजार कारागारले थुनामुक्त गरेको हो ।

चौधरी पक्राउ परेसँग नाउपा र जनमत पार्टीबीच आज हुने भनेको एकता घोषणा कार्यक्रम नै विथोलिएको थियो ।