काठमाडौं, १८ वैशाख । सरकारले रोजगारदाता र उद्यमीको समस्या समाधान गर्न श्रम संसार पोर्टल सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम र कामदार नपाइने समस्या समाधान गर्नका लागि श्रम संसार पोर्टल सञ्चालनमा ल्याइएको जानकारी गराएका छन् । रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने पनि उनले बताएका छन् ।
‘सार्वजनिक सवारी साधनको सेवा दिने र लिनेले जसरी अहिले Ride Sharing app सेवा प्रचलनमा ल्याएका छन्, त्यसैगरी अब सरकारले रोजगारदाता र रोजगारी खोजकर्तलाई प्रविधिमार्फत सोझै सम्पर्क गर्नेगरी shramsansar.gov.np पोर्टलको आरम्भ गरेको छ। रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने छ। एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुबै समस्यालाई यसले समाधान गर्ने छ,’– प्रधानमन्त्री ओलीले भनेका छन् । File Photo/RN




प्रतिक्रिया