काठमाडौं, १८ बैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्न गठित सिफारिश समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी थपिएका छन् । अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा गठित सिफारिश समितिबाट विजयनाथ भट्टराईले राजीनामा दिएपछि उनको ठाउँमा मन्त्रिपरिषद् बैठकले अधिकारीलाई छनौट गरेको हो ।
सरकारले अब छिट्टै गभर्नर नियुक्त गर्ने तयारी गरेको छ। झण्डै एक महिनादेखि राष्ट्र बैंक गभर्नरविहीन छ । कांग्रेस र एमालेबीच गभर्नर बनाउने विषयमा असमझदारी बन्दा केही ढिलाई भएको बताईन्छ ।
तर, पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा बैंकक जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा गभर्नरमा डा. गुणाकर भट्टलाई अघि बढाउने सहमति भएको थियो ।




प्रतिक्रिया