काठमाडौं, १८ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा.बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचिरहेको भिडिओको सन्दर्भमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । उक्त भिडिओको सन्दर्भमा अनुसन्धानका लागि सप्तरी प्रहरीले डा.सिंहलाई बोलाएको छ । सामाजिक सञ्जाल फेसबुक, टिकटकजस्ता प्लेटफर्ममा उनले पेस्तोल चलाउँदै नाचिरहेको भिडिओ भाइरल भइरहेको छ ।
डा.यादव सप्तरीको स्थायी ठेगाना बोदे बरसाईन नगरपालिका–५ हो । उनी राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरीसमेत हुन् । उक्त घटनाको सन्दर्भमा प्रहरीले अनुसन्धानको लागि बोलाएपछि नेतृ सिंहले स्पष्टीकरण दिएकी छन् । उने ‘भारतको सीमावर्ती सहर सीतामढीमा मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा नृत्य गर्दा ‘रेन्जर टोइ’ नामक खेलौनाबाट फायर गरेको बताएकी छन् । उनले उक्त घटनालाई अतिरञ्जित नबनाई दिन आग्रहसमेत गरेकी छन् ।




प्रतिक्रिया