चोथाइवालेद्वारा पशुपतिनाथ मन्दिरको दर्शन


काठमाडौं, १८ बैशाख । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । हिजो नेपाल ओर्लिएका चौथाइवाले राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

हिजो नै उनले कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा र गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए । आज उनले प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुसँग भेट्ने तय भएको छ । त्यसअघि आज विहानै उनले पशुपतिनाथ मन्दिरको दर्शनसमेत गरेका छन् । उनी भोलि (शुक्रबार) स्वदेश फर्किने जनाईएको छ ।