ओलीलक्षित भीम रावलको टिप्पणी : कम्युनिष्ट पार्टी भन्ने तर विचौलियालाई पोस्ने, कुकृत्यको अन्त्य होस्


काठमाडौं, १८ बैशाख । भातृभूमि जागरण अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले नेपालमा शासन सत्ता हातमा हुनेहरुमा संविधानको समाजवादउन्मुख प्रणाली र श्रमको उचित सम्मान गर्ने सद्बुद्धि आओस भन्ने कामना गरेका छन् । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘नेपालमा शासन सत्ता हातमा हुनेहरूमा संविधानको समाजवाद उन्मुख प्रणाली र श्रमको उचित सम्मान गर्ने सद्बुद्धि आओस्। कम्युनिष्ट पार्टी भन्ने तर बिचौलिया र दलालहरूलाई पोस्ने एवं कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरी सत्ता र पद हत्याई मनपरी गर्ने कुकृत्यको अन्त्य होस्।’