काठमाडौं, १८ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच सम्बन्धमा हार्दिकता देखिन थालेको छ । यसअघि दुई नेताले पार्टीका महत्वपूर्ण बैठक र सभामा मञ्च सेयर गरेका थिएनन् । तर, पछिल्लो समय दुई नेताबीच हार्दिकता देखिन थालेको छ ।
आज नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय समितिले १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ललितपुरको जावलाखेलमा आयोजना गरेको कार्यक्रममा दुवै नेता मञ्चमा सँगै देखिए । दुवै नेताले कार्यक्रमलाई सम्बोधन गरेका थिए । सँगै स्टेजमा हुँदा दुई नेता प्रफुल्लित देखिन्थे । तस्विर : दिनेशचन्द्र थपलिया/फेशबुक





प्रतिक्रिया