काठमाडौं, १८ वैशाख । अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिद्वारा आयोजित १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम शुरू भएको छ । कार्यक्रमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् ।
सो अवसरमा महासंघका संस्थापक नरबहादुर कर्मचार्यको तस्वीरमा माल्यार्पण गरी अध्यक्ष प्रचण्डले उनको योगदानको स्मरण गरेका छन् । आज कर्मचार्यको सतवार्षिकी पनि हो । अध्यक्ष प्रचण्डले कार्यक्रममा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।










प्रतिक्रिया