सगरमाथा सम्वाद आउन १५ दिन बाँकी, भारतबाट उच्चस्तरको प्रतिनिधित्व गराउने तयारी


काठमाडौं, १८ बैशाख । नेपाल सरकारले आयोजना गर्ने सगरमाथा सम्वादमा भारतबाट उच्चस्तरको प्रतिनिधित्व गराउने तयारी गरिएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणाले यसको लागि गृहकार्य थालेकी छिन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाउने तयारी थियो ।

तर, विमस्टेक सम्मेलनमा भएको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीचको साइडलाईन भेटवार्तामा पनि सगरमाथा सम्वादको लागि निम्तो गरिएको थियो । त्यसअघि पनि परराष्ट्रमन्त्री डा. राणा भारतमा रायसिना डायलगमा सहभागी हुने बेलामा पनि निम्तो दिइएको थियो । तर, भारतीय पक्षले भने प्रधानमन्त्री मोदीको भ्रमण हुन नसक्ने जवाफ दिएको थियो ।

भारतबाट उच्चस्तरको उपस्थिति नहुने चर्चाबीच फेरि परराष्ट्रमन्त्री राणाले अहिले उच्चस्तरकै प्रतिनिधित्व हुनेगरि गृहकार्य थालेकी छिन् । उनले पनि सगरमाथा सम्वाद आउन अझै दुई साता समय बाँकी भएकोले भारतबाट उच्चस्रतकै सहभागिता हुनसक्ने बताएकी छिन् । नेपाल सरकारले भारतबाट रक्षामन्त्री राजनाथ सिंहलाई बोलाउने बुझिएको छ। सिंहपनि यतिवेला आन्तरिक विषयमा बढि व्यस्त भएकोले आउने वा नआउने निश्चित् भैसकेको छैन् ।