काठमाडौँ, १८ वैशाख । चेरि अटोमोबाइल कम्पनि लिमिटेडको सब-ब्रान्ड, ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्रा.ली ‘चेरि इन्टरनेसनल ग्लोबल डिलर कन्फरेन्स २०२५’मा ‘इभि पायोनियर अवार्ड’द्वारा सम्मानित भएको छ । उक्त सम्मेलन चीनको आन्हुइ प्रान्तस्थित वुहु सहरको ‘यिजिउ इन्टरनेसनल एक्स्पो सेन्टर’मा आयोजना गरिएको थियो जहाँ चेरिको हेडक्वार्टर तथा मुख्य उत्पादन केन्द्र पनि अवस्थित छन् । सम्मेलनमा चेरि होल्डिङ ग्रुप कम्पनिका उपाध्यक्ष श्री सु हुइले एसपिजि अटोमोबाइल्सका निर्देशन श्री गौरव शारडालाई अवार्ड हस्तान्तरण गरे ।
१२० भन्दा बढी देशका ३,००० भन्दा बढी डिलरहरूको सहभागीता रहेको यस अन्तर्राष्ट्रिय सम्मेलनले सहभागीहरूलाई अटोमोबाइल क्षेत्रका उपलब्धीहरू प्रदर्शन गर्ने तथा यसबारे विभिन्न रणनैतिक विचारहरू अन्तर्राष्ट्रिय साझेदारहरूसँग आदानप्रदान गर्ने अवसर प्रदान गर्यो । सम्मेलनमा वुहु नगरपालिका सरकारका वरिष्ठ अधिकारीहरू, चेरि इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत श्री यिन तोङ्गयुए, र चेरि इन्टरनेसनलका महाप्रबन्धक श्री झाङ गुइबिङआदिको विशिष्ट उपस्थिति रहेको थियो ।
एसपिजि अटोमोबाइल्सलाई नेपालमा ओमोडा एन्ड जेइकोको विद्युतीय सवारी साधनहरूको उपस्थितिलाई सफलतापूर्वक स्थापित गर्नमा योगदान तथा कम्पनिको उल्लेखनीय बजार पर्फमेन्सका लागि यो ‘इभी पायोनियर अवार्ड’ प्रदान गरिएको हो । यो सम्मानले नेपालको विकसित हुँदै गरेको अटोमोबाइल क्षेत्रमा दिगो यातायात (सस्टेनेबल मोबिलिटि) प्रवर्द्धनप्रति कम्पनिको प्रतिबद्धता र सक्रियतालाई उजागर गर्दछ ।
ओमोडा एन्ड जेइकोले सन् २०२४ मा नेपालमा ‘ओमोडा इ-फाइभ’ इभि सार्वजनिक गर्दै आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको थियो भने ‘नाडा अटो सो २०२४’मा यसको रगेड र स्टाइलिस सब-ब्रान्ड ‘जेइको जे-सिक्स’ इएसयुभि प्रस्तुत गरेको थियो । यी नवीनतम इभि ब्रान्डहरूको प्रतिनिधित्व गर्दै एसपिजि अटोमोबाइल्सले पहिलो वर्षमै नेपालमा ८०० भन्दा बढी ओमोडा र जेइकोका गाडीहरू सफलतापूर्वक विक्री गरी उल्लेखनीय उपलब्धी हासिल गरेको छ ।
एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडको बारेमा
एसपिजि अटोमोबाइल्स प्रा.लि., नेपालमा ओमोडा एन्ड जेइकोको नेपालको लागि आधिकारिक वितरक हो । थप जानकारीका लागि एसपिजि अटोमोबाइल्सलाई सम्पर्क वा वेबसाइट https://www.omodajaecoonepal.com/ भिजिट गर्न सकिनेछ ।





प्रतिक्रिया