काठमाडौं, १८ बैशाख । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले राजनीतिक भेटवार्ता बढाएका छन् । केहीबेर अघि उनले नेकपा एकीकृत समाजावदी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेका छन् । अध्यक्ष नेपाललाई भेट्न चौथाईवाले नेपाल निवास कोटेश्वर पुगेका थिए ।
नेपाल बसाईको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता जारी राखेका छन्। काठमाडौं ओर्लिएकै दिन हिजो (बुधबार) गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका चौथाईवालेले आज विपक्षी दलका नेता प्रचण्डसँग खमुलटार पुगेर भेटवार्ता गरेका हुन् ।
उनले आजै नेपाली कांग्रेसका नेताहरु डा. शेखर कोइराला, महामन्त्री गगन कुमार थापा, प्रवक्ता डा. प्रकाशशरण महत, नेता उदयशमशेर जबरासँग पनि भेट गरेका छन् । चौथाईवालेले आजै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँग पनि भेट गरेका हुन् ।




प्रतिक्रिया