शुक्रबार सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो


काठमाडौं, वैशाख १९ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख  ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि सोही सोही मूल्यमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।