कालिमाटीमा विक्रीका लागि राखिएको तने बोडीमा भेटियो ९५ प्रतिशत विषादी


काठमाडौं, १९ वैशाख । कालिमाटी फलफूल तथा तरकारी बजारमा विक्रीको लागि राखिएको तने बोडीमा ९५.२७२ प्रतिशत अर्गानोफस्फेट नामक विषादी फेला परेको छ । आज (शुक्रबार) कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईमा गराएको परीक्षणमा उक्त तने बोडीमा अर्गानोफस्फेट नामक विषादी ९५.२७२ प्रतिशत फेला परेको हो ।

उक्त बोडी सर्लाही क्षेत्रबाट संकलित गरेर ल्याइको बताइएको छ । तरकारीमा यस्ता प्रकारका विषादी ३५ प्रतिशतभन्दा कम भएको खण्डमा मात्रै उपभोग गर्न योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशतसम्म विषादी पाइएको खण्डमा केही दिन राखेर हेर्ने र ४५ प्रतिशतभन्दा बढी विषादीको हकमा भने विसर्जन गर्ने प्रावधान रहेको छ ।