काठमाडौं, १९ वैशाख । सरकारले उर्जा विकास मार्ग चित्र २०८१ कार्यान्वयन गर्न कानूनी, नीतिगत, संस्थागत र प्रक्रियागत सुधार गर्ने गरी नीति तथा कार्यक्रम ल्याएकाे छ । आधुनिक तथा नवीकरणीय ऊर्जामा सबै नागरिकको पहुँच कायम गरिने, नवीकरणीय उर्जाको रुपमा सौर्य वायु र हाइड्रोजन उर्जाको विकास गरिनेसमेत सरकारको लक्ष्य रहेको छ ।
त्यस्तै, जनताको जलवायु कार्यक्रमअन्तर्गत जलविद्युत निर्माणका लागि स्वपुँजी परिचालन गराइने, त्यस्ता आयोजनामा वैदेशिक रोजगारीमा गएका नागरिकहरुको विप्रेशन रकमसमेत परिचालन गर्न प्रयास गरिने बताइएको छ । घरायसी, कृषि, औद्योगिक, व्यवसायिक, पर्यटकीय र यातायात क्षेत्रमा विद्युतीय उपकरणको प्रयोग प्रवर्धन गरिने सरकारको नीति रहेको छ ।
त्यस्तै, जलस्रोतको बहुपक्षीय उपयोग गरिने, पूर्वाधार निर्माणमा सामाग्री अभाव हुन नदिनेगरी नदीजन्य स्रोत परिचालन गरिने, जलस्रोतको बहुपक्षीय उपयोग गरिने, कृषकहरुको सुविधालाई प्राथामिकता दिई सिचाईं प्रणालीको पुनर्स्थापना गरिने, जलस्रोतको दीगो उपयोग, भूमिगत जल पुनर्भरण, तालतलैया संरक्षण र जलाशाय निर्माणमा जोड दिइनेलगायतका नीति तथा कार्यक्रम सरकारले अगाडि सारेको छ ।




प्रतिक्रिया