नेपाल वायु सेवा निगमको पूनःसंरचना गरिनेछ : राष्ट्रपति पौडेल


काठमाडौं, १९ बैशाख । सरकारले नेपाल वायु सेवा निगमको पूनः संरचना गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।

उनले भने,‘नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्थापनको लागि बनेको विद्येयक तथा नेपाल नागरिक उड्ययन प्राधिकरणसम्बन्धी कानूनलाई, संशोधन र एकीकृत गर्न बनेको विद्येयकलाई संसद्को यसै अधिवेशनबाट पारित गरिनेछ ।’ श्रमलाई सम्मान गर्ने परिपाटी गरिने सरकारको घोषणा छ ।