काठमाडौं, १९ वैशाख । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आज (शुक्रबार) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकपछि प्रतिनिधि सभाको बैठक बसेको हो ।
संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति पौडेलबाट प्रस्तुत भएको नीति तथा कार्यक्रम टेलवल गर्ने कार्यक्रम रहेको छ । त्यस्तै प्रतिनिधि सभाबाट राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम पनि रहेको छ ।




प्रतिक्रिया