जम्मु कश्मिरको आतङ्कवादी घटनाः युथ फर पीस एण्ड फ्रेण्डसीपका संयोजक सफलले पठाए शान्ति र मित्रताको याचना पत्र


काठमाडौं, १९ वैशाख । युथ फर पीस एण्ड फ्रेण्डसीप नेपालले नेपालस्थित भारतीय दूतावास, पाकिस्तानी दूतावास ,संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालय र सार्क सचिवालयमा शान्ति र मित्रताको याचना पत्र पठाइएको छ ।

भारतको जम्मु कश्मिरको पहलगाम क्षेत्रमा भएको आतङ्कावादी घटना र त्यस घटनापछि भारत र पाकिस्तानबीच देखिएको तनावको विषयलाई लिएर युथ फर पीस एण्ड फ्रेण्डसीप नेपालका संयोजक युवराज पौडेल (सफल) ले शान्ति र मित्रताको याचना पत्र पठाएका हुन् ।

सम्बन्धित निकायहरुको आधिकारिक इमेल ठेगानामा पत्र पठाइएको सफलले बताए । जम्मू कश्मिर क्षेत्रमा भएको आतङ्कवादी गतिविधिमा एक नेपालीसहित कम्तिमा २६ जनाको मृत्यु भएको थियो । File Photo/RN