काठमाडौं, २० वैशाख । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले सरकारको नीति तथा कार्यक्रमले विकासको ढाँचा र गति परिवर्तन गर्ने लक्ष्य लिएको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले नीति कार्यक्रमले भनेकोजस्तो देशमा विकासको ढाँचा, गति र संस्कृति नयाँ चाहिएको बताए । नयाँ यात्रातिर नलाग्ने हो भने मुलुक चल्न पनि नसक्ने बताए ।
‘पहिलो यसले निरन्तरताका कार्यक्रमहरुलाई पनि निरन्तरता नै दिएको छ । स्वभाविक रुपमा त्यो दिनु पनि पर्छ । कतिपय कार्यक्रमहरु निरन्तरतामा आउँछन् । केही कुराहरु यसले गरेको छ । यसमा धेरै नीतिगत कुराहरु छन् । प्रत्यक्ष हेर्दा यो सिधासिधी कार्यक्रमिक लाभको कुरा देखिँदैन । नीतिको कुरा गरेको छ । विकासको ढाँचा, गति र संस्कृति फेर्ने भनेको छ,’– उनले भने ।
अहिले कछु्वा गतिमा पुँजीगत खर्च भइरहेको सन्दर्भमा त्यो परिवर्तन गर्ने नीति तथा कार्यक्रमको लक्ष्य रहेको उनले बताए । विकासको ढाँचा, गति र संस्कृति परिवर्तन गर्ने कुरा बजेटसँग जोडिनुपर्ने उनले बताए ।




प्रतिक्रिया