काठमाडौं, २० वैशाख । नेकपा (एमाले) संसदीय दलकी सचेतक सुनिता बरालले सरकारको नीति तथा कार्यक्रम असाध्यै धेरै वैज्ञानिक र व्यवहारिक ढंगले आएको बताएकी छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नेपाली जनताको पक्षमा, नेपाली जनताको आवश्यकताअनुसार, युवा, उद्यमीहरुको आवश्यकताअनुसार सबै वर्गहरुको प्रतिनिधित्व हुनेगरी ब्यवस्थित र व्यबहारिक रुपमा आएको बताएकी हुन् । अब यसलाई सफल बनाउने कुरामा सबै जुट्नुपर्ने बताईन् ।
‘यो पटक सरकारले ल्याएको नीति तथा कार्यक्रममा असाध्यै धेरै वैज्ञानिक ढंगले र व्याबहारिक रुपमा जति काम गर्न सकिन्छ । धेरै उत्साहित नभइकन र धेरै नबहकिइकन, असाध्यै ब्यबहारिक र असाध्यै कार्यक्रमिक योजनामा परिपक्वतासहित सबै पक्षलाई समेटेर एक वर्षभित्र हामी कति काम गर्न सक्छौं भन्ने कुराको गहिरो अध्ययन गरेर नीति कार्यक्रम आएको छु । जुन नीति कार्यक्रमले नेपालमा भएका सबै वर्ग, सबै समुदाय र सबै पक्षलाई समेटेको छ । युवालक्षित, विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षालक्षित व्यवसायिक योजनामा थप प्रोत्साहित गर्नेगरी नीति कार्यक्रम आएको छ,’– उनले भनिन् ।
असाध्यै काल्पनिक बनाउने र व्यवहारमा कार्यान्वयन गर्न नसक्ने खालको विगतको अभ्यासलाई ब्रेक गर्दै व्यवहारिक र कार्यान्वयन गर्न सकिने परिपक्व नीति र कार्यक्रम आएको उनले बताईन् । उनले नीति तथा कार्यक्रममा दुई ठूला दल सरकारमा भएको रिफ्लेक्सन रहेको बताईन् ।




प्रतिक्रिया