काठमाडौं, २० वैशाख । नेपाली कांग्रेसका नेता नैनसिंह महरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सरकार बन्दा कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमतिअनुसार नआएको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नीति तथा कार्यक्रम परम्परागत हिसाबले नै आएको बताएका हुन् ।
‘हामीले सरकार निर्माण गर्दा गरेको ७ बुँदे कमिटमेन्टको आधारमा एक दुई वटा राम्रा विषय आएको भए अझ राम्रो हुनेथियो । तर, परम्परागत किसिमले र थोरै त्यसलाई मोडिफाइ गरेर उत्साह जगाउने टाइपको, मान्छेलाई केही गर्दैछन् भन्ने आयो,’– उनले भने ।
साथै, ऊर्जा विकास मार्गचित्रअन्तरगत ऊर्जामन्त्री दीपक खड्काले देखाएको सक्रियाता प्रसंशनीय रहेको उनले बताए । यसमा पूरै सरकारको साथ, सहयोग र समर्थन आवश्यक हरको उनले बताए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो (शुक्रबार) संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका थिए । सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे प्रतिपक्षी दल र कांग्रेसका केही नेताहरुले समेत टिप्पणी गरिरहेका छन् ।




प्रतिक्रिया