वामदेवसँग सूर्य थापाको भेटवार्ता, मिलेर काम गर्ने समझदारी


काठमाडौं, २० बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले वरिष्ठ राजनीतिज्ञ वामदेव गौतमसँग भेट गरेका छन् । गौतमलाई भेट्न थापा भैसेंपाटी पुगेका हुन् । दुई नेताबीच प्यूठानको विकासको विषयमा छलफल भएको जनाईएको छ । गौतमसँगको भेटबारे जानकारी दिँदै थापाले दुवै जनाले आ–आफ्नो निर्वाचन क्षेत्र र जन्मथलोको लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेको स्पष्ट पारेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

वरिष्ठ राजनीतिज्ञ राष्ट्रियसभा सदस्य कमरेड वामदेव गौतमसॅग भैंसेपाटीस्थित निवासमा महत्वपूर्ण भेटघाट भएको छ। मूलतः प्युठानमा उहॅाको समयमा थालनीको प्रक्रियामा रहेका केही कामहरूप्रतिको लगाव र जोड जिउॅदो( जाग्दो नै रहेको छ।हामीले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको हैसियतमा दुबैले आआफ्नो निर्वाचन क्षेत्र र जन्मथलोका लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेका छौं।