काठमाडौं, २१ वैशाख । पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले जिल्ला कारागार रूपन्देहीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनी रास्वपा सभापति लामिछानेलाई भेट्न हिजो कारागार पुगेका थिए ।
भेटपछि प्रतिक्रिया जनाउँदै त्रिपाठीले लामिछाने उच्च मनोबलका साथ न्यायको पर्खाइमा रहेको बताएका छन् । खुङ्खार सहकारी ठगहरु सत्ताको संरक्षकत्वमा अनुसन्धानको घेराबाहिर घुमिरहेको र लामिछानेको विषय चर्चामा ल्याएर आफ्नो सत्ता जोगाउने काम भइरहेको उनले उल्लेख गरेका छन् ।
‘रविजी उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ । खुँखार सहकारी अपचलनका अपराधीहरू सत्ताको संरक्षकत्वमा अनुसन्धानको घेराबाहिर घुम्दैछन् । रविजीको विषयमा चर्चा गराएर आफ्नालाई जोगाउन सत्ता लागेको बुझिन्छ । भाइ देर है, अन्धेर नहीँ( चेतना भया,’– त्रिपाठीले सामाजिक सञ्जालमार्फत भनेका छन् ।




प्रतिक्रिया