पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गरेका छौं, हामी भारतको साथमा छौं : श्याम घिमिरे


काठमाडौं, २१ बैशाख । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आतंकवादविरुद्ध भारतको साथमा नेपाल उभिने बताएका छन् । पहलगाममा भएको आतंककारी हमलाको बारेमा नेपालले यसअघि नै निन्दा गरिसकेको घिमिरेको भनाई छ ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘हामी सामरिक रुपमा असंलग्नतामा विश्वास गर्छौं । कुनैपनि देशको विरुद्धमा हामी संलग्न हुँदैनौं । संसारभरि भएका आतंकवादको हामी निन्दा गर्छौं ।’ नेपालको घरेलु राजनीतिबारे नेपाल आँफैले निर्णय लिने पनि उनले सुनाए ।