काठमाडौं, वैशाख २२ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै नेपालको मौसमी प्रणालीमा बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
उक्त प्रभावका कारण बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । त्यस्तै, लुम्बिनीको बाँके, बर्दिया र कर्णालीको सुर्खेतमा पनि वर्षा भइरहेको छ ।
आज सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको आकलन गरिएको छ । देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।




प्रतिक्रिया