प्रतिनिधिसभाको बैठक सुरु {LIVE}


काठमाडौं, २२ वैशाख । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकबाट केपी ओली नेतृत्वको सरकारले गत बैशाख १९ प्रस्तुत गरेको आर्थिक बर्ष २०८२र८३ को नीति तथा कार्यक्रममाथि छलफल सुरू हुने छ ।

जसका लागि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने आजैबाट सो नीति तथा कार्यक्रममाथि सांसदहरूले प्रस्तुत गरेको संसोधन र नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।