आतंकवादविरुद्ध भारतको कदममा नेपालको साथ छ : सञ्जय गौतम (भिडिओसहित)


काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री सञ्जयकुमार गौतमले भारतले चालेको आतंकवादविरुद्धको कदममा नेपालको साथ रहेको स्पष्ट पारेका छन् । उनले भने,‘हामी कुनैपनि किसिमको आतंकवादी घट्नाको विरुद्धमा छौं । मुलुकलाई स्थिर बाटोमा लैजानुपर्छ । भारतलाई भएको चिन्ता नै सेक्युरिटीको चिन्ता हो ।’

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुन नसक्नुमा स्वयम प्रधानमन्त्री ओलीले नै बढि सोच्ने विषय भएको बताए ।

उनले भने,‘भारतले आफ्नो राष्ट्रिय हित सोच्ने हो, हामीले हाम्रो हित सोच्ने हो । अब हाम्रो प्राइम मिनिस्टर त्यो विषयमा सिरियस हुनुपर्छ । हामीले के सोच्नुपर्छ भने अहिलेको इण्डियन रेजिम खुशी छैन भन्ने कुरा, राजनीतिक र कुटनीतिक रुपमा यसले एउटा ठूलो अर्थ राख्छ । यो विषयमा प्रधानमन्त्रीले सोच्नुभएको होला, यो विषयमा कोलिसन पार्टनरमा कुरा भैराखेको होला । शेरबहादुरजीसँग कुरा भैराखेको होला ।’