काठमाडौं, २२ वैशाख । नेकपा (एमाले) का नेता केशव बडालले कांग्रेसले सिफारिस गरेकै मान्छे नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति हुँदा केही पनि नबिग्रिने बताएका छन् । आज सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गभर्नर नियुक्ति गर्न ढिला भइसकेको र अब दुवै दलको सहमतिमा योग्य र उपयुक्त मान्छे नियुक्ति गरिनुपर्ने बताएका हुन् ।
‘उपयुक्त मान्छे, उहाँहरुकै मान्छे आएपनि हामीलाई के भयो र ? उहाँहरुको मान्छे आउनेबित्तिकै बिग्रिने भन्ने कुरा त होइन नि । गभर्नरको बारेमा विवाद नगर्न र गभर्नरको लागि योग्य र उपयुक्त व्यक्ति चाहीँ हुनुपर्यो । त्यसको निम्ति मेरो÷तेरो भन्ने त्यागेर अगाडि बढ्नुपर्छ,’– उनले भने ।
साथै, आफूहरुलाई निलम ढुङ्गाना वा डा.गुणकर भट्ट जो गभर्न बनेपनि केही आपत्ति नरहेको उनले बताए । ढुङ्गानाको पनि विगतको राजनीतिक पुष्ठभूमि कांग्रेसनिकट नै रहेको बताउँदै नेता बडालले उनलाई नियुक्त गर्दा पहिला पहिला गभर्न र पनि बन्ने र राम्रो पनि हुने बताए । तर, जसलाई नियुक्ति गरे पनि अब धेरै ढिला भने गर्न नहुने उनको भनाइ छ ।
‘निलम ढुङ्गाना महिला र पढाइमा गोल्ड मेडलिस्ट पनि हो । उहाँको पनि पुरानो पृष्ठभूमि मान्नुहुन्छ भने उही पृष्ठभूमि हो । अहिले पछि अलि फरक हो । त्यसले गर्दा त्यसबारेमा विवाद गरिरहन पर्दैन । महिलालाई पहिलोचोटी बनाए राम्रो । तर, यही विषयमा सरकार गिर्ने भन्ने कुरा आउँदैन । त्यस्तो गर्न हुँदा पनि हुँदैन । यो धेरै ढिला गर्दा आनावश्यक विवाद सिर्जना भएको छ । निलमलाई अगाडि बढाउने भएदेखि सहमतिको साथ अगाडि बढाउनुस् । गुणाकर भट्टलाई बनाए पनि केही छैन । उहाँ पनि राष्ट्र बैंक हाँक्न सक्ने योग्य व्यक्ति हो,’– नेता बडालले भने । File Photo/RN




प्रतिक्रिया