काठमाडौं, २२ बैशाख । नेकपा (एमाले) का सांसद सूर्य बहादुर थापा क्षेत्रीले कांग्रेस–एमालेको सरकारले सहमतिमा काम गरिरहेको दाबी गरेका छन् । सरकारले नीति तथा कार्यक्रम ल्याईसकेको र अब बजेट ल्याउने तयारीमा लागेको उल्लेख गर्दै थापाले तर अहिले दिनहुँ सरकारविरुद्ध चलखेल भैराखेको बताएका छन् ।
उनले भने,‘आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाईसकें, अब रहँदैनजस्ता वक्तव्यबाजीहरुले हरेक दिन मिडिया रंगिने र समाजमा ध्वनी प्रदुषण हुने क्रम जारी छ । तर, सरकार अघि बढिरहेको छ । त्यस्ता वक्तव्य र बकवासहरु निरर्थक सावित भएका छन् ।’ प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललक्षित यस्तो टिप्पणी गरेका छन् ।
उनले अघि भने,‘पछिल्लो २० महिनाको हामीले शासन देखेकै हौं । पाकिस्तानी मोडेलको अभ्यास त्यतिखेर नथालिएको होईन, कति फाईल खोल्ने हुँकार गरिएको थियो, तिनको हविगत के भएको छ ? त्यो नदेखेको होईन । त्यसको भोगाई आज भद्रबन्दी गृहमा टोपबहादुर रायमाझी मानीयले भोग्नुभएको छ । कुशासनको रुप त्यसरी प्रकट भएको थियो । सुन तस्करीले सिंगै देश पहेलपुर भएकै थियो । अनि सबै गर्ने मुहान बन्द छन् ।’




प्रतिक्रिया