काठमाडौं, २२ बैशाख । लोसपाका सांसद रामप्रकाश चौधरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई यही बैशाख १७ गते पक्राउ गरी पाँच घण्टासम्म हिरासतमा राखिएको विषयमा न्यायिक छानबिन समितिको माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नाउपा र जनमत पार्टीबीच एकता हुने दिन कार्यक्रमस्थलबाट नै रेशमलाई पक्राउ गरिनु र पाँच घण्टापछि रिहाई गरिएको घट्ना नै रहस्यमयी भएको भन्दै यसबारे सर्वोच्च अदालतका न्यायाधीशसम्मिलित न्यायिक छानबिन समिति बनाउनुपर्ने माग गरे । उनले रेशम चौधरी पक्राउ परेको घट्नालाई सामान्य रुपमा नलिनपनि सरकारलाई आग्रह गरेका छन् ।




प्रतिक्रिया