सामूहिक रूपमा गहुँखेती


काठमाडौँ, २२ वैशाख । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं. १ नाङ्लेभारेमा दंगाल जागरण कृषि तथा पशुपंक्षी पालन कृषक समूहद्धारा सामुहिक रुपमा ‘स्वर्गद्धारी’ जातको गहुँको बिउ उत्पादन गर्ने उद्धेश्यले गहुँ खेती सुरु गरेका छन् ।

यसका लागि शंखरापुर नगरपालिकाले १० हेक्टर क्षेत्रफलमा गहुँको बिउ उत्पादन गर्नका लागि कृषकहरुलाई निःशूल्क गहुँको बिउ वितरण गरिएको नगरप्रमुख रमेश नापितले जानकारी दिएका छन् ।

यहाँबाट उत्पादन भएको गहुँको बिउ नगरपालिका भरी वितरण गरिने उनले बताएका छन् ।