स्रष्टा मैनालीलाई पोषण पाण्डे स्मृति पुरस्कार दिइने


काठमाडौं । स्रष्टा युवराज मैनालीलाई पोषण पाण्डे स्मृति पुरस्कार दिइने भएको छ । नेपाली साहित्यका मूर्धन्य स्रष्टा पोषण पाण्डेको स्मृतिमा स्थापित पोषण पाण्डे स्मृति पुरस्कार यस वर्ष समालोचक तथा साहित्यकार युवराज मैनालीलाई प्रदान दिइने भएको हो ।

काठमाडौँको मीनभवनस्थित पोषण पाण्डे तीर्थ सदनमा आयोजित कार्यक्रममा नगद ५१ हजार रुपैयाँ र कदरपत्रसहित मैनालीलाई सम्मान गरिने निर्णय गरेको हो । तीर्थ सदनले एक विज्ञप्ति जारी गर्दै आगामी वैशाख ३१ गते स्वर्गीय तीर्थकुमारी पाण्डेको ४५औँ पुण्यतिथिको अवसर पारेर मैनालीलाई उक्त पुरस्कार प्रदान गर्ने जानकारी दिएको हो ।

समालोचना, लघुकथा, हास्यव्यङ्ग्य निबन्ध र कविता लेखनमा समान रूपले दक्ष मैनालीका ‘मुर्दा बोल्यो’ (२०३७ मा प्रकाशित कथासङ्ग्रह), बालकृष्ण समको नाट्यकारितामा आधारित कृति, ‘भ्रष्टाचारको भाङ’ निबन्धसङ्ग्रह, ‘पृथक् बाटो’ लघुकथासङ्ग्रह र ‘दृष्टि र दृष्टिकोण’ समालोचना सङ्ग्रहलगायतका अनेकौँ कृति प्रकाशित छन् ।