एमालेमा मौलायो गुट, धनुषाको अधिवेशनमा कुटाकुट


काठमाडौं, २३ वैशाख । नेकपा (एमाले) धनुषा जिल्ला अधिवेशनमा दुई समूहबीच कुटाकुट भएको छ । उम्मेदवारीको विषयमा विवाद हुँदा दुई समूहबीच कुर्सी हानाहान भएको हो । जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा अधिवेशन आयोजना गरिएको थियो । विधानविपरीत उम्मेदवारी परेको भन्दै विवाद सुरु भएपछि दुई पक्ष कुटाकुटमा उत्रिएका हुन् ।

विवादपछि अधिवेशनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पछिल्लो समय एमालेमा गुट मौलाउँदै गएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले सर्वसम्मतिबाट नेतृत्व चयनका लागि दिएको निर्देशनसमेत बेवास्ता गर्दै विभिन्न जिल्लामा गुट बनाएरै एमालेका नेताहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।