नेपालको राजनीति पाकिस्तानी मोडेलमा गैसकेको छ : मोहन बस्नेत


काठमाडौं, २३ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपालको राजनीति पाकिस्तानी मोडेलमा गैसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले देशको लागि राम्रो काम गर्न खोज्ने र केही गर्ने महत्वकांक्षा बोक्ने नेताहरुलाई प्रतिशोध लिने गरिएको भन्दै यस्तो बताएका हुन्।

उनले भने,‘एकदमै सक्रिय राजनीतिक जीवन र महत्वकांक्षी राजनीतिक जीवन, र मुलुकलाई केही गर्न चाहन खोज्ने राजनीतिक जीवन बिताउन खोज्नुभएको हो भने कोही सफल बस्नेवाला छैन् । त्यसैले हामी सबैले यो परिस्थिति आउन नदिनको लागि पार्टीभित्र र पार्टीबाहिर एक अर्कालाई दुश्मन होईन, सहयात्री र सहकर्मीको भावना र भातृत्वलाई विकास गर्दै जान सकियो भने होला, होईन भने यो प्रतिशोधको राजनीति नेपालको राजनीति पाकिस्तानी मोडेलमा गैसकेको छ । जो सत्तामा बस्छ, उ निस्किनेबित्तिकै उ जेल जानुपर्छ, जो हिसाबकिताब ठीक्क पारे हुन्छ ।’