प्रदीप नेपालको दुःखद् निधनले मर्माहत भएको छु : प्रचण्ड


काठमाडौं, २३ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

नेता नेपालको निधनले आफू मर्माहत भएको दाहालको भनाई छ । सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा नेता नेपालको योगदान अविस्मरणीय रहनेछ भनेकाका छन् । file photo