पाकिस्तानी सैनिक प्रतिनिधिमण्डलको नेपाल भ्रमणबारे एनपी साउदले पनि उठाए प्रश्न


काठमाडौं, २४ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउदले भारत र पाकिस्तानबीच तनावग्रस्त सम्बन्ध रहेको बेलामा पाकिस्तानबाट उच्चस्तरीय सेनाको प्रतिनिधिहरुको भ्रमण नेपाल भएको भन्ने विषयमा प्रश्न उठाए ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने,‘छिमेकमा भएको जघन्य आतंकवादी हमलाको घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको देखिन्छ । भ्रमण पूर्वनिर्धारित नै भएपनि वर्तमान स्थितिको बारेमा संवदेनशील भएर कुटनैतिक कौशलताका प्रदर्शन गर्दै भ्रमण स्थगन् गदै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकत्ता थियो ।’