काठमाडौं, वैशाख २५ । काठमाडौंको कोटेश्वर–तीनकुने सडकमा आज बिहान तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्।
उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार आज बिहान साढे बा३ख ७०६२ नम्बरको बस, बा।प्र।०१(०२६च २९२७ भ्यान र बा।प्र।०२(३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए। बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरूमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी तामाङ गम्भीर घाइते भएकी थिइन्। दुर्घटनामा मोटरसाइकल चालक रामेछाप घर भई नयाँबजार बस्ने २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगर बस्ने ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखाकी २४ वर्षीया मेनुका बुढाथोकी घाइते छन्। घाइतेहरुको उपचार जारी छ ।




प्रतिक्रिया