किसानलाई समयमै मल उपलब्ध गराउन सांसद सापकोटाको माग


काठमाडौं, २५ बैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले धान रोप्ने समयमा किसानले प्रर्याप्त मल नपाएको बताएका छन् । कोटा प्रणालीमार्फत मल वितरण हुने कुरा व्यवहारिक नरहेकाे उनले बताए ।

प्रतिधिसभाको आजको बैठकमा बोल्दै सांसद सापकोटाले भने, “किसानले ५० किलो मल माग गर्दा मश्किलले ५ किलो मात्रै पाउँछन् । सरकारको निति तथा कार्यक्रमकामे बुदाँ नम्बर १६ मा ज्यादैँ लोकप्रिय प्रकारको कार्यक्रम अगाडी सारीएको छ । तर हामी किसानको का जादाँ किसानहरुले यो सरकार किसान मैत्री भएन भनेर गुनासो गर्नुहुन्छ ।”

त्यस्तै, ६ महिनादेखि किसानले बेचेको दूधको पैसा डीडीसीले भुक्तानी नदिएकाे भन्दै सांसद सापकोटाले सरकार र कृषि मन्त्रालयको ध्यानार्कषण गराए ।