भारतको सफल अपरेशन सिन्दूरको लागि बधाई छ, आतंकवादविरुद्धको संघर्षमा हामी भारतको साथमा छौं : निधि


काठमाडौं, २५ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले भारतीय सेनाले आतंककारीको विरुद्धमा गरेको सफल अपरेशन सिन्दूरको लागि बधाई भनेका छन् ।

पहलगाममा घुम्न पुगेका नेपाली नागरिक सुदिप न्यौपानेसहित २६ भारतीय पर्यटकलाई आतंककारीहरुले बिनाकारण गोली हानी हत्या गरेको दुःखद् घटनाको भारतको यो स्वभाविक जवाफ भएको पनि निधिको भनाई छ ।

उनले सामाजिक सञ्जाल एक्समा भनेका छन्–‘आतंकवादबिरुद्धको संघर्षमा हामी भारतको साथमा छौं ।’