काठमाडौं, २५ वैशाख । कृषि खाद्य प्रणालीको लागि नवीकरणीय उर्जा परियोजना अन्तर्गत कृषकहरुको लागि जैविक विषादी निर्माण तथा प्रयोग सम्वन्धमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । यूएनडीपीको आर्थिक सहयोग, चन्दननाथ नगरपालिका र तातोपानी गाउपालिकाको साझेदारी तथा पेस नेपाल जुम्लाको आयोजनामा तातोपानी गाउँपालिका–२ र चन्दननाथ नगरपालिका–१ मा कार्यक्रम सञ्चालन भएको थियो ।
वैशाख १८ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा १०२ महिला र ८ जना पुरुष गरी जम्मा ११० जना कृषकको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय जुम्लाका कृषि अधिकृत हिक्मतराज गिरी, तातोपानी गाउँपालिका कृषि शाखा प्रमुख दीपा पौडेल, चल्दननाथ नगरपालिका कृषि शाखा कृषि अधिकृत दीपकराज आचार्य र कृषि विज्ञ खड्ग रानाबाट कार्यक्रमको विषयवस्तुबारे सहजीकरण गरिएको थियो । पेस नेपाल रेरास परियोजना टिमबाट कार्यक्रमको व्यवस्थापन गरिएको थियो ।
यूएनडीपी जुम्ला कलस्टर टिम, सस्थाका उपाध्यक्ष, कार्यकारी निर्देशक, परियोजना प्रमुख, लगायतको टिमबाट कार्यक्रमको अबलोकन तथा अनुगमन गरिएको थियो । उक्त कार्यक्रममा विशेषगरि अर्गानिक क्षेत्र घोसित जुम्ला जिल्लामा जैकिक विषादीको प्रयोग, जैकिक विषादी निर्माणको उद्यश्ये, जैविक विषादी र रासायनिक विषादी विच फरक, रासायनिक विषादीको प्रयोगबाट हुनसक्ने असर, जलबायु परिर्वतनको प्रभाव तथा कृषिक्षेत्रमा पर्ने असर, झोलमल तयारी, महत्व, यसको उपयोगिता, निर्माण विधि तथा प्रयोग गर्ने तौरतरीका लगायतका सवालमा सैदान्तिक तथा झोलमल निर्माणबारे प्रयोगात्मक बिधि प्रयोग गरि बिषयबस्तुबारे प्रष्ट पार्ने काम गरिएको थियो ।

उक्त अभिमुखिकरण तालिमबाट कृषकहरुमा अर्गानिक कृषिकार्यमा लाग्न थप उर्जा मिलेको कृषकको प्रतिकृया रहेको थियो भने उपस्थित सम्वन्धीत संरोकारवाला ब्यक्तित्वहरुबाट पनि आ आफ्नो तहबाट निरन्तर सहयोग रहने र कृषकहरुको सकृय सहभागिताको प्रशंसा संगसंगै सिकेको ज्ञान, शिप र धारणलाई ब्यबहारिक जिवनमा लागु गर्न र समुदायका अन्य सदस्यहरुमा पनि सिप हस्तान्तरण गर्ना सुझाव थियो । कार्यक्रममार्फत कृषिमा रासायनिक विषादीको विकल्पका रूपमा जैविक विषादीको महत्व, निर्माण प्रक्रिया, प्रयोगका तरिकाहरू र सावधानीका विषयमा विस्तृत रूपमा जानकारी प्रदान गरिएको थियो । तालिमले कृषकहरूलाई सुरक्षित, वातावरणमैत्री तथा दीगो कृषि अभ्यासतर्फ प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।




प्रतिक्रिया