प्रचण्डसँग भाजपाका शीर्ष नेता कोश्यारीको भेटवार्ता


काठमाडौं, २५ बैशाख । भारतीय जनता पार्टीका शीर्ष नेता तथा नेपाल–भारत प्रवुद्ध समूहका भारततर्फका तत्कालिन संयोजक भगतसिंह कोश्यारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

हालै नेपाल भ्रमणमा आएका कोश्यारीले आजदेखि उच्चस्तरीय राजनीतिक भेटवार्ता थालेका छन् । उनी काठमाडौंस्थित् सोल्टी होटलमा बसेका छन् । उनी धार्मिक कार्यक्रमको लागि काठमाडौं आएको बताईएको छ ।

तर, नेपाल मामिलाका जानकार कोश्यारीले नेपाल बसाईको क्रममा केही उच्चस्तरको राजनीतिक भेटवार्तासमेत गर्नेछन् । त्यसको सुरुवात दाहाललाई भेटेर गरिसकेका छन् ।