काठमाडौं, २५ बैशाख । मन्त्रिपरिषद् बैठक बस्न ढिलाई भएको छ । आज साँझ ६ बजेको लागि तय भएको बैठक आधा घण्टा बितिसक्दापनि सुरू भएको छैन् । बैठकको लागि मन्त्रीहरु एक घण्टाअघि नै बालुवाटार पुगिसकेका छन् ।
आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्ने चर्चा छ । तर, गभर्नर नियुक्तीको लागि गठित सिफारिश समितिको बैठक भने बसेको छैन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नै गभर्नर नियुक्ती गर्ने निर्णयमा पुग्ने सन्देश सत्ता सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष पुर्याएको उच्चस्रोतको दाबी छ।




प्रतिक्रिया