काठमाडौं, २५ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारसँग संसद्मा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सक्ने ल्याकत नै नभएको टिप्पणी गरेका छन् ।
संसदमा प्रस्तुत नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै बस्नेतले सरकारसँग नीति तथा कार्यक्रम, सहमति, सम्झौता र प्रतिबद्धता कार्यान्वयन गर्नका लागि आवश्यक इमान्दारीता, अठोट र ल्याकत नभएको बताएका हुन् ।
‘संविधानमा प्रत्याभूत भएका व्यवस्थासमेत कार्यान्वयन हुन सकेका छैनन् । हरेक वर्ष सरकारले ल्याउने नीति तथा कार्यक्रमको औचित्य केही छैन । पटकपटक शासनसत्ताको बागडोर हातमा लिएर मुलुकको अर्थतन्त्र तहसनहस बनाइएको छ, यथार्थ यहि न हो,’ बस्नेतले भने ।
शासकका लागि नीति तथा कार्यक्रम जनतालाई दिग्भ्रमीत पारेर शासनसत्ता लम्ब्याउने र राज्यको स्रोत दोहन गर्ने माध्यम बनेको उनको आरोप छ । File Photo/RN




प्रतिक्रिया