प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने


काठमाडौं, वैशाख २६ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ः बजेदेखि सुरू हुनेछ । आजको बैठकमा पनि केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

गत बैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकवाट नीति तथा कार्यक्रम सार्बजनिक गरेको पर्सी पल्टदेखि निरन्तर छलफल चलिरहेको हो । साथै, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त पत्रकाे ब्याेहाेरासमेत जानकारी गराइनेछ ।