रोबर्ट प्रिभोस्ट पहिलो अमेरिकी पोप चयन


काठमाडौं, वैशाख २६ । अमेरिकी रोबर्ट प्रिभोस्ट नयाँ पोप बनेका छन्। क्याथोलिक चर्चको नेताको रुपमा चयन भएका प्रिभोस्ट, पोप लियो चौधौंको रूपमा चिनिनेछन् ।

६९ वर्षीय प्रिभोस्टलाई सेन्ट पिटर्स स्क्वायरमा भेला भएका हजारौं मानिसहरूले स्वागत गरेका छन् । त्यस क्रममा उनले भ्याटिकन बाल्कनीबाट सबैसँग शान्ति रहोस् भन्ने शुुभकामना व्यक्त गरेका छन्।

शिकागोमा जन्मेका प्रिभोस्टलाई एक सुधारकको रूपमा हेरिन्छ । आर्कबिशप बन्नु अघि उनले पेरुमा धेरै वर्षसम्म मिसनरीको रूपमा काम गरेका थिए ।

विश्व नेताहरूले पोप लियो चौधौंलाई बधाई दिइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी पोप पाउनु ठूलो सम्मान भएको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनले पनि पोप लियो चौधौंले पहिलो अमेरिकी पोपको रूपमा इतिहास रचेको देखेर आफू खुसी भएको बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नयाँ पोपलाई बधाई ज्ञापन गर्दै भ्याटिकनको निरन्तर नैतिक र आध्यात्मिक समर्थनको आशा व्यक्त गरेका छन्।