पाकिस्तानसँग तनाव बढेपछि भारतका २९ विमानस्थल बन्द


काठमाडौं, वैशाख २६ । पाकिस्तानसँग तनाव बढेपछि भारतका २९ विमानस्थल मे १० सम्म बन्द गरिएका छन्। पाकिस्तानले भारतमाथि ड्रोन आक्रमण गरेपछि भारतीय नागरिक उड्डयन विभागले नयाँ एडभाइजरी जारी गर्दै जम्मू कश्मीर, हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, मध्य प्रदेश, उत्तर प्रदेशका विमानस्थल मे १० सम्म बन्द गरेको हो ।

अन्य विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुहरूले दोहोरो सुरक्षा समेत जाँच गर्नुपर्नेछ। यस सम्बन्धमा एयर इन्डिया, अकासा, स्पाइसजेट र इन्डिगो एयरलाइन्सले पनि ३ घण्टा अगाडि विमानस्थलमा पुग्न आग्रह गरेका छन्।